वागमती प्रदेश सरकार परिवर्तनको टुंगो गठबन्धनको केन्द्रीय बैठकले नै लगाउँछ : मुख्यमन्त्री पाण्डे — OSNepal

वागमती प्रदेश सरकार परिवर्तनको टुंगो गठबन्धनको केन्द्रीय बैठकले नै लगाउँछ : मुख्यमन्त्री पाण्डे

LC (KTM) June 30, 2022 0

काठमाडौं १६ असार । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफुलाई हटाउने विषयको निणर्य पाँचदलीय गठबन्धनले नै गर्ने बताएका छन् ।

पाण्डेलाई हटाउन नेपाली काग्रेस र नेकपा माओवादीले हस्ताक्षर संकलन अभियान सुरु गरेपछि पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने बताएका उनले ट्वीटरमार्फत भनेका छन्, ‘वागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्’ ।

नेकपा एसका उपाध्यक्ष समेत रहेका पाण्डे मुख्यमन्त्री बन्नुअघि नै ६ महिना पछि कांग्रेसलाई मुख्यमन्त्री दिनुपर्ने पाण्डेसँग लिखित सहमति भएको थियो । सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने सहमति पत्रमा भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर