भिडियोमा हेर्नुहोस् इन्दिरा जोशीको 'पछ्यौरी' — OSNepal

भिडियोमा हेर्नुहोस् इन्दिरा जोशीको ‘पछ्यौरी’

LC (KTM) June 30, 2022 0

काठमाडौं, असार १६ । लोकप्रिय गायिका इन्दिरा जोशीको ‘पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गायिका जोशीले भिडियो बजारमा ल्याएकी हुन् ।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायिका जोशीकै रहेको छ । प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा इन्दिरासँग ह्याण्डसम निराजन प्रधानले अनस्क्रिन रोमान्स गरेका छन् ।

लोक र पप शैलीमा तयार पारीएको गीतको छायांकन हरि हुमागाईंले गरेका हुन् भने गीतको भिडिओलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्।गायिका इन्दिरा जोशीले केही समयअघि डिजाइनर शरद केडियासँग बिहे गरेपछि बिहिबार मात्रै सार्वजनिक कार्यक्रममा देखा पर्दै आफ्नो पछिल्लो मेहेनबाट दर्शकको माया पाउने विश्वास लिएकी छिन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement