जसपाको निणर्य : पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने निणर्य — OSNepal

जसपाको निणर्य : पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने निणर्य

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सुमहको आज बसेको कार्यकारिणी समितिको बैठकले ६ वटा निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको बैठकले जसपाभित्र उत्पन्न विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम दलको बहुमतको निर्णय कार्यान्वयन तथा पार्टीलाई ऐन, नियम र विधानसम्मत सञ्चालन गर्न गराउन निर्वाचन आयोगको मिति २०७८/२/३ को निर्णयले वाधा उत्पन्न भएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने निणर्य गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिले गरेको ६ निर्णयः

१. जसपाभित्र उत्पन्न विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम दलको बहुमतको निर्णय कार्यान्वयन तथा पार्टीलाई ऐन, नियम र विधानसम्मत सञ्चालन गर्न गराउन निर्वाचन आयोगको मिति २०७८/२/३ को निर्णयले वाधा उत्पन्न भएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने ।

२.लुम्बिनी प्रदेश सभाका सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा २८ को उपदफा ३ बमोजिम स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएमा ऐन र विधान अनुसार आवश्यक कारबाही गर्ने ।

३० व्यापार घाटा कम गर्ने नाममा सरकारले ढुङ्गा, गिटी, वालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको ठहर गर्दै चुरे विनास र तराईरमधेशलाई मुरुभूमिकरण हुनबाट रोक्न साथै ढुङ्गा, गिटी, बालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गर्न पार्टीमा एउटा समिति बनाउने ।

४. मनसुनको सुरुवातसँगै देशको विभिन्न भागमा सुरु भएको बाढी(पहिरोमा परेकाहरुलाई उद्धार गर्न र सकेको राहत उपलब्ध गराउन स्थानीय पार्टी कमिटीहरुलाई परिचालन गर्ने । साथै, उद्धार, राहत र प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै समस्याको स्थायी समाधानका लागि सरकारको ध्यानाकर्षण गर्ने ।

५. बारा, पर्सा, रसुवालगायतका जिल्लाहरुमा पार्टीको टिकट लिई विभिन्न स्थानीय तहमा निर्वाचन जितेका तर अहिले पार्टी परित्याग गरि अन्य पार्टीहरुमा गएका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने ।

६ केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति सदस्यहरुको कार्यबिभाजनका लागि ठोस प्रस्ताव तयार गर्न ७ सदस्यीय कार्यदल निर्माण भएको छ स् जसमा, मृगेन्द्रसिंह यादवर हिसिला यमी र रेणु यादव र गंगा श्रेष्ठ र रामसहाय यादव र रणध्वज कन्दङ्वा र इस्तियाक राई छन् । यस कार्यदलले ७ दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर