चार लाख खर्च गरेर २५ जना दलित महिलालाई बाख्रा वितरण — OSNepal

चार लाख खर्च गरेर २५ जना दलित महिलालाई बाख्रा वितरण

LC (KTM) July 03, 2022 0

कञ्चनपुर, १९ असार-आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाईने उहाँले बताउनुभयो ।बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर