OSNepal शनिबार, मंसिर ११ २०७८

दुखद खबर,डोटीमा बाख्रा चराउन गएका ७ वर्षीय बालक र ११ वर्षीया बालिकाको पहिरोमा परी ज्यान गयो,गहिरो शोकमा परिवार

दुखद खबर,डोटीमा बाख्रा चराउन गएका ७ वर्षीय बालक र ११ वर्षीया बालिकाको पहिरोमा परी ज्यान गयो,गहिरो शोकमा परिवार

  • OSNepal
  • शुक्रबार, असार ४ २०७८


दुखद खबर,डोटीमा  बाख्रा चराउन गएका ७ वर्षीय बालक र ११ वर्षीया बालिकाको पहिरोमा परी ज्यान गयो,गहिरो शोकमा परिवार
Reading Time: < 1 minute

काठमाडौ । लगातारको वर्षाका कारण पहिरो खस्दा बिहिबार जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लाका अनुसार पहिरामा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन् । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरामा पुरिएका थिए ।

दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो । जिल्लामा पहिरामा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड