श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडिएको र आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको गुनासो गरिन टीका वलीले — OSNepal

श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडिएको र आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको गुनासो गरिन टीका वलीले

LC (KTM) July 05, 2022 0

काठमाडौं –
एमाले जिल्ला नेतृ टीका वलीले श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडेर बदनाम गर्न खोजिएकोबताएकी छन् । पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सांसद गुलाबजंग शाहसँगको टिकटकबारे यस्तो बताएकी हुन् । उनले आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको गुनासो सुनाउदै   प्रविधिको दुरुपयोग गर्दै फेक भिडिओ बनाएर आफ्नो चरित्रह त्या गर्न खोजिएको बताएकी छन् ।

‘मेरो पार्टीको आदरणीय नेतालाई जोडेर चरित्र हत्या गर्ने उद्देश्यका साथ भिडिओ सार्वजनिक गर्नु सरासर गलत हो, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन,’ वलीले भनिन् । उनले भाइरल भइसकेपछि श्रीमान्‌सँग बनाएको पुरानो टिकटक खोज्दा नभेटेको रअहिले हेर्दा फेसबुकमा पनि नभेटेको बताएकी छन् ।

भाइरल भएको भिडिओ हेरेर परिवार आश्चर्यमा परेको उनले बताइन् । मान्छे पत्ता लगाएर साइबर केस हाल्ने र हदालत पनि जाने उनले बताएकी छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर