अर्थमन्त्री शर्माबारे छानबिन समिति गठनका लागि सरकारलाई सभामुखको रुलिङ — OSNepal

अर्थमन्त्री शर्माबारे छानबिन समिति गठनका लागि सरकारलाई सभामुखको रुलिङ

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समिति गठनका लागि सरकारलाई रुलिङ गर्नुपर्ने अवस्था आएको बताएका छन् । सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्थमन्त्रीमाथि उठेका प्रश्नमा छानबिन समिति बनाउन रुलिङ गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका बेला अनाधीकृत व्यक्ति मन्त्रालयमा बोलाएर करका दर परिवर्तन गरेको आरोप लाग्दै आएको छ । आज मंगलबार प्रचण्ड निवासमा बसेको पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीको विषयमा
प्रधानमन्त्री र सभामुखसँग छलफल गरेर निकास दिने जानकारी दिएका थिए ।

शर्मा विरुद्ध चौतर्फी विरोध आइरहँदा एमालेले अर्थमन्त्रीले गम्भीर वित्तिय अपराध गरेको भन्दै शर्माले जवाफ दिने समय र बजेट पारित गर्ने समयमा संसद बैठक बहिस्कार समेत गरेको थियो ।

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखले अब शर्माको विषय आफुले थेग्न नसक्ने भन्दै समिति गठनका लागि रुलिङ गर्ने प्रचण्डलाई बताएका छन् ।

त्यसैगरी , उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सीसीटिभी फुटेज मागे गरेपछि अर्थमन्त्रालयले १३ दिनपछिको भिडियो आफैं हटेर जाने भएकाले फुटेज दिन नसक्ने भनेपछि शर्माको विषयले थप चर्चा पाएको छ । गृह मन्त्रालयको कार्यविधि अनुसार सीसीटिभी राख्ने अनुमति दिँदा कम्तिमा तीन महिनाको फुटेज राख्नुपर्ने व्यवस्था रहेको छ ।

यता ,अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा विज्ञहरुको सहयोग लिने परम्परा रहेको भन्दै धनाधिकृत चलखेल नभएको दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर