कर्नाटकका एक युवाले आफ्नो कुकुरको जन्म दिन भब्य रुपमा मनाए, सय केजी केक , ४ हजार पाहुनाको सत्कार — OSNepal

कर्नाटकका एक युवाले आफ्नो कुकुरको जन्म दिन भब्य रुपमा मनाए, सय केजी केक , ४ हजार पाहुनाको सत्कार

LC (KTM) July 05, 2022 0

जन्म दिन मनाउनु कुनै नौलो कुरा भएन अहिलेको समयमा । सबैले आफ्नो जन्म दिन आ आफ्नै तरिकाले मनाउने गरेका छन् । तर भारतको कर्नाटकका एक व्यक्तिले अचम्मै गरेका छन् । उनले आफ्नो जन्म दिन नभएर आफुले पालेर राखेको कुकुरको जन्मदिन एकदमै धुमधामका साथ मनाएका छन् । उनले आफ्नो कुकुरको नाम कृष समेत राखेका छन् ।

कुकुर प्रति देखाएको व्यवहारको धेरैले निकै प्रशंसा गरिरहेका छन् ।शिभप्पा यलप्पा मराडीलेले आफ्नो कुकुरको जन्मदिन ‘ग्रान्ड से््््लिब्रेसन’ सहित मनाएका हुन् । अहिले उनले आफ्नो कुकुरको जन्म दिन मनाईरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफ्नो कुकुरको जन्म दिनमा एक सय किलोको केकसमेत काटे । भिडियोमा देखिए अनुसार उक्त भिडियोमा एउटा टेबलमा ठूलो केक राखिएको देखिएको छ ।

शिभप्पाले आफ्नो कुकुरसहित सय केजी केक काटिरहेको पनि देखिन्छ । उक्त जन्म दिनको उत्सवका अवसरमा चार हजार पाहुनालाई आमन्त्रण गरिएको थियो । जन्मदिन मनाइरहेको उक्त भिडियो जुन २३ तारिखमा ट्वीटरमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर