आज एकैदिन १ हजार ६०० रुपैयाँ घट्यो सुनको मूल्य — OSNepal

आज एकैदिन १ हजार ६०० रुपैयाँ घट्यो सुनको मूल्य

LC (KTM) July 06, 2022 0

काठमाडौं, २२ असार:

सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर