दुई जोडा हात र खुट्टा भएका बालकको जन्म, स्थानीय भन्छन् -भगवानको स्वरुप, चिकित्सक भन्छन् -एउटाको शरीर बिकास भईनसकेको जुम्ल्याहा बच्चा — OSNepal

दुई जोडा हात र खुट्टा भएका बालकको जन्म, स्थानीय भन्छन् -भगवानको स्वरुप, चिकित्सक भन्छन् -एउटाको शरीर बिकास भईनसकेको जुम्ल्याहा बच्चा

LC (KTM) July 06, 2022 0

कहिले काँही मानिसको स्वरुप देख्दा अचम्ममा पर्ने गरिन्छ । सामन्यतया दुई वटा आँखा, एक वटा नाक, मुख जस्ता नर्मल मानिसको हुनुपर्ने अंग भन्दा कहिले काँहि अस्वभाविक स्वरुप देखिने गरेको छ । हो यस्तै भएको छ भारतको उत्तर प्रदेशमा । त्यहाँ ४ हात र ४ खुट्टा भएको बच्चाको जन्म भएको छ । बच्चाको जन्म भए लगत्तै सबैले आ आफ्नै किसिमले तुलना गर्न थालेका छन् ।

कसैले बच्चाको जन्मलाई ‘प्रकृतिको चमत्कार’ भनेका छन् भने कसैले ‘भगवानको पुनर्जन्म’सँग तुलना गरेका छन्। तर चिकित्सकले यसलाई जुम्ल्याहा बच्चाको रुपमा बिश्लेषण गरेका छन् । अर्काे सन्तानको शरीर पुर्ण रुपमा बिकास नभई जन्मिएको अवस्था रहेको चिकित्सकको दाबी छ । जन्मेपछि बच्चाको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भयो । गत हप्ता उत्तर प्रदेशको हरदोई जिल्लाको शाहबाद सामुदायिक स्वास्थ्य केन्द्रमा नवजात शिशुको जन्म भएको थियो। जन्मदा बच्चाको तौल करिब ३ किलो थियो ।

यो बालकको जन्म भएपछि उनलाई हेर्न आउनेको भीड नै बढेको छ । बालकको अवस्था असमान्य देखिए पछि उपचारका लागि शाहबादबाट हरदोई र त्यसपछि लखनउ पठाइएको थियो।चिकित्सा अधिकृत डा रमेश बाबुले यो जुम्ल्याहा बच्चा भएको र अर्का बच्चाको घाँटी बच्चाको पेटभन्दा माथि जोडिएको देखिए पनि पूर्ण रुपमा विकास हुन नसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर