बहुमतको सरकार बनाउन ओलीको विकल्पमा ठाकुर प्रधानमन्त्री — OSNepal

बहुमतको सरकार बनाउन ओलीको विकल्पमा ठाकुर प्रधानमन्त्री

LC (KTM) May 12, 2021 0

काठमाडौं २९ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाए मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमतको सरकार बन्ने भएको छ । यस विषया निणर्य गर्न छलफललाई तव्रिता बढाइएको छ । ओलीको विकल्पमा ठाकुरलाई नै प्रधानमन्त्री बनाउनु पर्नेमा कांग्रेस र माओवादी केन्द्रका केहि नेता लागि परेका छन् ।

यस विषयमा कांग्रेसका डा.शेखर कोइराला र सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । तर, बहुमत पुर्याउन भने जसपाभित्र एकमतको आवश्यक रहेको छ । ठाकुर भने ओलीविरोधी बहुमतको गठबन्धन बनाउन अस्विकार गर्दै आएका छन् । यता अर्का अध्यक्ष उपेन्द्र यादव भने गठबन्धनको सरकारको पक्षमा देखिएका छन् ।

जसपामा एकमत भयो भने ३२ सांसद रहेको जसपा र कांग्रेसको ६१ र माओवादी केन्द्रका ४९ सहित १४२ हुन्छ जसबाट मात्र बहुमतको सरकार बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर