तेश्रो ओमेग कप एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आज देखि सुरु — OSNepal

तेश्रो ओमेग कप एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आज देखि सुरु

LC (KTM) July 06, 2022 0

ओमेगा इन्टरनेसनल स्कुलको आयोजनामा तेश्रो ओमेग कप एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आज देखि सुरु हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २० र गल्र्समा ५ गरी २५ टिमको सहभागिता रहने ओमेगाका इसीए को–ओर्डिनेटर मनोजराज राजोपाध्यायले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

ब्वाइजमा पहिलो हुनेले १० हजार र दोश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । गल्र्सको विजेतालाई ७ हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु कुमारीपाटीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर