गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज संवैधानिक इजलासमा — OSNepal

गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज संवैधानिक इजलासमा

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज संवैधानिक इजलासमा हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वको गठित संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र विश्वम्भर श्रेष्ठले सुनुवाई गर्ने भएका हुन् ।

सरकारको अगामी वर्षको बजेट वक्तव्यमा निश्चित ठाउँहरु उत्खनन गरेर गिट्टी तथा बालुवा भारत निकासी गर्ने बताएको थियो जुने बजेटको बुँदा नम्बर १९९ मा गिट्टी बालुवा निकासी गर्ने कुरा उल्लेख छ । यो व्यवस्ता तत्काल बदर गर्न माग गर्दै सर्वोच्चमा सात वटा रिट परेको थियो ।

रिट निवेदकहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलेन्द्र प्रसाद अम्वेडर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, हरिराम वलजु, अतिस कार्की र विक्रम नगरकोटी रहेका छन् । उनीहरले छुट्टाछुट्टै रिट सर्वोच्चमा दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर