बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु — OSNepal

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु

LC (KTM) July 08, 2022 0

काठमाडौं २४ असार । बाजुराको बुढीगंगा नगरपालिकाको बिहिबार भएको मतदानको गणना सुरु भएको छ ।

शुक्रकार बिहान बसेको सर्वदलीय बैठक पछि वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा नेतृत्व चयनका लागि पुन निर्वाचनको मिति तोकेको थियो । सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको छ ।

यस नगरपालिका प्रमुखमा एमालेबाट रामबहादुर बानिया र गठबन्धनबाट रंग खातीको उम्मेदवारी परेको छ । उपप्रमुखमा भने एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाहीको उम्मेदवारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर