अनौठो शहर जहाँ १९ रुपैयाँमा नै घर किन्न पाइन, १७ वटा घर बिक्री भइसके — OSNepal

अनौठो शहर जहाँ १९ रुपैयाँमा नै घर किन्न पाइन, १७ वटा घर बिक्री भइसके

LC (KTM) June 18, 2021 0

काठमाडौँ । केवल १९ रुपैयाँमा घर आउँछ भन्दा कसले पत्याउला ? अपत्यारिलो यो खबर हो क्रोएसियाको । क्रोएसियाको लेग्राड नामक शहरमा अहिलेसम्म १९ श्रपैयाँमा १७ वटा घर बिक्रि भइसकेका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार केवल २ हजार २५० जना मात्रै मानिसहरु रहेको उक्त शहर लेग्राड ६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । शहरको जनघनत्व कम नहोस् भनेर यहाँका घरलाई यति सस्तोमा बेच्ने निर्णय गर्दैजनसंख्या बढाउन यस्तो रणनीति अपनाइएको हो ।

उक्त शहरमा जानका लागि मानिसहरु लालायित भइरहेका छन् । जसका लागि सम्झौता गर्नुपर्ने हुन्छ । सम्झौता अनुसार उक्त शहरमा कत्मिा पनि १५ वर्षसम्म त्यही शहरमा बस्नुपर्छ ।

यस्तोमा पुराना भएका घरको मर्मत सरकारले गरिदिने सम्झौतामा उल्लेख छ । उक्त शहरमा नयाँ जीवन सुरु गर्न घर किन्ने व्यक्तिलाई ३५ हजार कुना अर्थात ६ लाख ६३ हजार भन्दा बढि रुपैयाँ पनि दिने समेत सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर