कर्णाली प्रदेश सरकारमा रहेका एमालेका यी तिन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन — OSNepal

कर्णाली प्रदेश सरकारमा रहेका एमालेका यी तिन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

LC (KTM) June 18, 2021 0

सुर्खेत ४ असार । नेकपा एमालेको कर्णाली प्रदेशका सरकारमा रहेका तिन जना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । आज प्रदेशको संसदीय दलको बैठकले प्रदशे सरकारमा रहेका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

नेकपा एमालेका सरकारमा सहभागी भएका एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जनाएका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका यी तिन मन्त्रीलाई शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए ।

आज एमालेको संसदीय दलको बैठकले भने तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर