सातौ पटक विम्बल्डनको उपाधी जोकोभिचलाई — OSNepal

सातौ पटक विम्बल्डनको उपाधी जोकोभिचलाई

LC (KTM) July 10, 2022 0

सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ ७-३ को सेटमा जित निकाले ।

यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन् । यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन् । जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो ।महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् ।फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर