आर्थिक अवस्था अत्यन्तै कमजोर भएका क्यान्सरपीडितलाई आर्थिक सहयोग — OSNepal

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका क्यान्सरपीडितलाई आर्थिक सहयोग

LC (KTM) July 12, 2022 0

कर्णाली, २८ असार : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा ती बिरामीलाई जनही रु १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो ।

सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

“क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० दरले छ महिनाको रु तीन हजारका दरले रु दुई लाख रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ ।
उहाँले भन्नुभयो, “एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना रु तीन हजारका दरले रु चार लाख रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलालाई रु ५१ हजार प्रदान उपलब्ध गरेका छौँ ।”

त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति रु दुई लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८÷७९ मा प्राप्त रु १२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर