विद्रोहले क्रान्तिमा योगदान गर्छ भन्ने विषय स्पष्ट नभएपनि आत्मसर्पण गर्नु क्रान्तिप्रति गद्दारी हो :भुसाल — OSNepal

विद्रोहले क्रान्तिमा योगदान गर्छ भन्ने विषय स्पष्ट नभएपनि आत्मसर्पण गर्नु क्रान्तिप्रति गद्दारी हो :भुसाल

LC (KTM) May 12, 2021 0

काठमाडौं २९ बैशाख । नेकपा एमालेका माधव नेपाल समुहका नेता घनश्याम भुसालले आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको स्पष्ट पारेका छन् ।

नेता भुसालले समाजिक सञ्जाल मार्फत हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको थियो भने आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ भनी आरोप लगाएका छन् । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आफुहरु भने आत्मसर्पण नगर्ने नेता भुसालको भनाई रहेको छ ।

नेता भुसालले लेखेका छन्, “हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर