दक्षिण कोरियामा कोरोना सङ्क्रमित घट्दै — OSNepal

दक्षिण कोरियामा कोरोना सङ्क्रमित घट्दै

LC (KTM) June 18, 2021 0

सोल ४ असार -दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ दैनिक देखिने सङ्क्रमितको संख्यामा कमी आएको बताएका हुन् ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ बिहीबार मात्र २४ घन्टामा ५०७ जना माात्र सङ्क्रमित भेटिएको जानकारी दिएका छन् ।दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधबार ५४० जना सङ्क्रमित भेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन यहाँ ५८० जना सङ्क्रमित भेटिएका थिए ।

यसअघिका हप्ताहरुका तुलनामा कोरियामा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । यहाँ अहिले पनि सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिने गरेका छन् । गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् ।

बिहीबार देखिएका सङ्क्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ । हालसम्म यहाँका १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैगरी यहाँ अहिलेसम्म करिब २ हजार जनाको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको बताइएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर