सर्पले डसेर सुमित्राको मृत्यु, प्रदिप घाइते — OSNepal

सर्पले डसेर सुमित्राको मृत्यु, प्रदिप घाइते

LC (KTM) July 13, 2022 0

रूपन्देही :
सर्पको डसाई दाङमा ट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार आफ्नै बारीमा उनलाई सर्पले डसेको थियो ।

त्यस्तै डसाइबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर रहेका छन् ।  मगरलाई दिउँसो ३ बजे बाटोमा हिंड्ने क्रममा सर्पले डसेको प्रहरीले बताएको छ ।

मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर