आगलागी भएपछि आगलागीस्थलमा पुगे मेयर बालेन साह — OSNepal

आगलागी भएपछि आगलागीस्थलमा पुगे मेयर बालेन साह

LC (KTM) July 13, 2022 0

काठमाडौं २९ असार :

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् । आगलागी भृकुटीमण्डपको ह्वील चेयरको गोदाममा भएको हो ।
आगलागी खबर पाउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेको छ ।

अहिले आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने खुलेको छैन ।आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर