बाटो माथिबाट खसेको पहिरोले डोजर पुरिँदा दुई बेपत्ता, चालक भाग्न खोजे पनि अँठ्याईहाल्यो पहिरोले — OSNepal

बाटो माथिबाट खसेको पहिरोले डोजर पुरिँदा दुई बेपत्ता, चालक भाग्न खोजे पनि अँठ्याईहाल्यो पहिरोले

LC (KTM) June 19, 2021 0

धादिङ । धादिङमा पहिरोले डोजर पुरिँदा दुई बेपत्ता भएका छन् । धादिङको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ । धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् ।

यो पनि : सेती नदीले खतराको सतह पार गर्यो,नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध : बझाङ, ५ असार( सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ ।

कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् । पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ । ९रासस०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर