दक्षिण कोरिया भीसा सकिए पछि लुकेर बसेका नेपाली कामदार धमाधम पक्राउ — OSNepal

दक्षिण कोरिया भीसा सकिए पछि लुकेर बसेका नेपाली कामदार धमाधम पक्राउ

LC (KTM) July 17, 2022 0

काठमाडौं :

मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि पक्राउ गर्न थालएको छ । कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गरी स्वदेश पठाउन अभियान नै चलाएको बताइएको छ । सोही अभियान अन्तर्गत गत सातामात्र १४ जना नेपाली श्रमिक पक्राऊ परीसकेको बताइएको छ ।

यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्राऊ गरिएको बताइएको छ । गतवर्ष डिसेम्बर महिनामा नेपालको कन्काई नगरपालिकाबाट मौसमी कामदार भिसा कार्यक्रममार्फत कोरिया प्रवेश गरेका थिए । तर चारौ महिनाको भोलीपल्टै ती कामदार भागेको बताइएको छ ।

गत महिना कोरियाको न्याय मन्त्रालयले नेपाल सरकारलाई ३ हजारको संख्यामा मौसमी कामदार पठाउन औपचारिक आग्रह गरेपनि नेपालले त्यो प्रस्तावलाई अस्वीकार गरेको थियो । कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले विनाभिसा बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर