थप १३५ जनामा कोरोना संक्रमण पुष्टि , एक जनाको मृत्यु — OSNepal

थप १३५ जनामा कोरोना संक्रमण पुष्टि , एक जनाको मृत्यु

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जना गरी १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर