भारत आएदेखि नै निकै फलदायी र उपलब्धिपूर्ण कुराकानीहरू भइरहेको छ : प्रचण्ड — OSNepal

भारत आएदेखि नै निकै फलदायी र उपलब्धिपूर्ण कुराकानीहरू भइरहेको छ : प्रचण्ड

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय अवलोकन गरेका छन् ।

अवलोकनपश्चात उनले दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको कार्यालय हेर्न पाउँदा आफू उत्साहि बनेको भन्दै आफू भारत आएदेखि नै निकै फलदायी र उपलब्धिपूर्ण कुराकानीहरू भइरहेको बताएका छन् ।

दुई पार्टी र दुई देशबीचको सम्बन्ध बलियो बनाउने विषयमा कुराकानी भएको बताएका उनले आफु धेरै उत्साहित भएको बताएका छन् ।

‘कहिले बीजेपीको आमन्त्रणमा हामी आउने त कहिले हाम्रो आमन्त्रणमा बीजेपी उता जाने गरी विभिन्न कार्यक्रम गर्ने नाड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर