भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य घटाउन भनेको छुँ : प्रचण्ड — OSNepal

भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य घटाउन भनेको छुँ : प्रचण्ड

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा आफुले पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य घटेकाले नेपाललाई पनि सोहीअनुसार मूल्य गरी पठाउन आग्रह गरेको बताएका छन् ।

तिन दिन भारत भ्रमण सकेर आज स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमान स्थलमा कुराकानी गर्दै यस्तो बताएका हुन् । भारतीय जनता पार्टी (भाजपा) आमन्त्रणमा भारतको नयाँ दि ल्ली पुगेका प्रचण्ड आज साँझ स्वदेश फर्किएका हुन् ।

भ्रमण सोचेअनुसार भएको भन्दै उनले भ्रमणका कतिपय सन्दर्भमा आफुले
सोचेभन्दा राम्रो भएको महसुस गरिएको बताए । भ्रमणमा सन् १९५० को सन्धी, दुई देशको व्यापार घाटा, सीमा सुरक्षालगायत विषयमा तथा पेट्रोलियम पदार्थको
विषयमा छलफल भएको बताए ।

‘भारतले अहिले रुससँग क्रुड तेल ल्याएको छ, मूल्य पनि घटेको छ, नेपाली जनतालाई पनि राहत पुग्ने गरी तेल पठाउन भनेँ ।’प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर