डिसीमा सृजना श्रेष्ठ नाम भएकी जावलाखेलघर बताउने नेपाली महिला सडकमा स्वास्थ्य सम्बन्धि समस्याबाट ग्रसित — OSNepal

डिसीमा सृजना श्रेष्ठ नाम भएकी जावलाखेलघर बताउने नेपाली महिला सडकमा स्वास्थ्य सम्बन्धि समस्याबाट ग्रसित

LC (KTM) July 18, 2022 0

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकाको राजधानी वाशिंगटन डिसी डिसीमा आफूलाई सृजना श्रेष्ठ नाम भएकी हाल मेरिल्याण्डमा बसोबास र नेपाल जावलाखेल घर बताउने नेपाली महिला सडकमा स्वास्थ्य सम्बन्धि समस्याबाट ग्रसित भएको पाईएको छ । उनको अवस्था र कुराकानीलाई मध्यनजर गर्दा उनलाई तुरुन्तै स्वास्थ्य जाँच गर्नु पर्ने देखिएको छ ।

उनि वाशिंगटन डिसीको सडकमा हिड्दै गर्दा डिसीको १३ औ मार्ग तथा युस्ट्रिट नामक सडकमा महिला सौन्दर्यको व्यवसाय संचालन गर्दै आएकी ३ बर्ष देखि अमेरिकामा बस्दै आएकी सौन्दर्यविद अन्जना बस्यालले उनिसंग अनुमति माग्दै छोटो कुराकानी गरेको टिकटिक समेत बस्यालले राखेकी छिन । उनले नेपाली चेलीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै उनीहरुका परिवारहरुलाई जानकारी दिन समेत आग्रह गरेकी छिन । सबैलाई टिकटक हिस्सा गर्न र सबै तिर पुर्याउन समेत आग्रह गरेकी छिन ।

सौन्दर्यविद बस्यालले उनलाई घर कहाँ हो भन्दा जावलाखेल भएको र अमेरिकामा मेरिल्याण्ड भएको बताइन । बस्यालले पानी दिएको र आफ्ना परिवार दाजुभाई नेपालमा भएको समेत टिकटकमा बताएकी छिन् । इनेप्लिजसंग कुरा गर्दै बस्यालले आफ्नो व्यवसायमा उनि आई तपाई नेपाली हैन भनि सोध्दा छक्क परेको बताइन ।

उनले सिर्जना नाम बताउने महिलालाई तुरुन्तै स्वास्थ्य जाँचको आवस्यकता परेको बताइन । बस्यालले तपाईको भिडियो(अङ्किय दृश्य)म नेपाली समुदायमा राख्छु भनि समेत भने पछि सामाजिक संजाल टिकटकमा राखेकी हुन् ।

बस्यालका अनुसार उनको व्यवसायका छिमेकीहरुले उनलाई पहिले देखि नै देखेको जनाईन । उनको व्यवसायमा भित्र आउने भन्दा बस्यालले ग्राहक छन् आउन मिल्दैन समेत भनेर उनलाई टारेकी थिइन् । उनको कुराकानी पछि उनि कुनै अन्य स्थानमा गएकी बताइन ।

कुराकानीमा उनले आफ्ना २ दिदीबहिनि रहेको समेत बताएकी छिन । दिदीको नाम संगीता र कान्छी बैनीको नाम अर्पण भएको बताइन । उनले बस्यालसंग कुराकानी गर्ने क्रममा जर्ज टाउन बस्ने जर्ज बिश्वबिद्यालयमा अध्यापन गराउछु भनिन । र ,आफू डा सृजना समेत भएको जनाइन । तर उनले फेरी आयुर्वेद हु भनिन ।बस्यालले खाना खानु भयो भन्दा उनले खाएको छैन भनिन । र ,घर जानु पर्दैन भन्दा उठेर उनि अन्यत्र लागेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर