काठमाडौं उपत्यकामा मात्रै कोरोनाका कारण १,३५४ जनाले गुमाए ज्या न — OSNepal

काठमाडौं उपत्यकामा मात्रै कोरोनाका कारण १,३५४ जनाले गुमाए ज्या न

LC (KTM) May 12, 2021 0

काठमाडौं- कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्रै १,३५४ जनाको मृ त्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृ त्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार ३५४ जना रहेका छन् ।कोरोनाका कारण काठमाडौंमा मात्रै ९१३ जनाको मृ त्यु भएको छ । भक्तपुरमा १८८ र ललितपुरमा २५३ जनाको कोरोनाका कारण मृ त्यु भएको छ।

काठमाडौंमा हालसम्म एक लाख ५० हजार ५५० जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये एक लाख २० हजार ४९३ जना निको भइसकेका छन् ।भक्तपुरमा कुल १४ हजार ९९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार २८७ जना कोरोनामुक्त भएका छन् ।

यस्तै, ललितपुरमा हालसम्म २५ हजार ३९८ जनामा कोरोना देखिएको छ । त्यसमध्ये १८ हजार ५८३ जना निको भएका छन् । देशभर कुल कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ । त्यसमध्ये तीन लाख १२ हजार १९ जना कोरोनामुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर