अन्तिममा प्रधानमन्त्रीसँग भेट हुन सकेन भनी निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिनु प्रचण्डको झुकनीतिको आसे र दासे प्रवृत्ति हो : रावल — OSNepal

अन्तिममा प्रधानमन्त्रीसँग भेट हुन सकेन भनी निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिनु प्रचण्डको झुकनीतिको आसे र दासे प्रवृत्ति हो : रावल

LC (KTM) July 18, 2022 0

काठमाडौं २ साउन । नेकपा एमालेका नेता डा भीम रावलले भारत भ्रमण सकेर स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कडा टिप्पणी गरेका छन् ।

भ्रमणबाट आएपछि भारतीय प्रधानमन्त्रीसँग अन्तिममा भेट नहुनुले आफुलाई केहि चिन्ता नभएको भन्दै भेट भएको भए एउटा फोटो खिचिइन्थ्यो भनेर दिएको प्रचण्डको अभिव्यक्ति प्रति नेता रावलले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् ।

नेता रावलले राष्ट्रिय हितप्रति अनुत्तरदायी सरकार र शीर्ष नेतृत्वका गतिविधि चिन्ताको विषय भएको बताएका छन् । रावलले भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै यसबाट नेपाली कम्युनिस्ट नेताले सिक्ने कि नसिक्ने भनी प्रश्न समेत समेत गरेका छन् ।

नेपाली कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्ट पार्टी बलियो नहुने बताएका उनले कम्युनिस्ट पार्टी बलियो नहुने भन्दै उनले आरजु राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी रहेको समेत बताएका छन् ।

उच्च तहको भ्रमणमा भेटवार्ता र विष्यवस्तु पहिल्यै निर्धारण हुने बताएका उनले प्रचण्डको अभिव्यक्तिबाट झुकनीतिको आसे र दासे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर