लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या उनकै प्रेमी भनिएका सूर्यले नै गरेको प्रहरीको निष्कर्ष — OSNepal

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या उनकै प्रेमी भनिएका सूर्यले नै गरेको प्रहरीको निष्कर्ष

LC (KTM) July 18, 2022 0

काठमाडौँ :

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या उनकै प्रेमीले गरेको निश्कर्षमा प्रहरी पुगेको छ ।
असार ११ गते दिलमायाको शव उनकै कोठामा फेला परे लगत्तै प्रहरीले उनीसँगै बस्दै आएका सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेता पनि उनले हत्याको आरोप अस्विकार गर्दै आएका थिए ।

बालाजु वृत्तका डीएसपी गौतम मिश्रका अनुसार दिलमायाको परिवारले श्रेष्ठविरुद्ध किटानी जाहेरी समेत दिएका छन् । प्रहरीका अनुसार घटना भएको रात पनि सूर्य दिलमायासँगै थिए। दिलमाया झुण्डिएको भनिएको सल सूर्यले महाराजगन्जस्थित झाडिमा लगेर फालेको प्हरीको दाबी छ ।

दिलमायाको शंकास्पद मृत्यु पहिले उनको फेसबुक प्रोफाइलमा लामो स्टाटस प्रेमी भनिएका सूर्यले नै लेखेर मोवाइल गायब बनाएको प्रहरीको दाबी छ ।

घटनास्थलमा सूर्य बाहेक अरु नहुनुले पनि सूर्यले हत्या गरेको र स्टाटस पनि उनैले लेखेको प्रहरीको निस्कर्ष छ। थप कुरा परीक्षण रिपोर्टले बताउने अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

डिर्भोसी दिलमायाका एक छोरा छन्। सूर्यका भने श्रीमती र छोरा छोरी छन्। सूर्यको परिवार सिन्धुपाल्चोकमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर