सोनम कपुर र दीपिका पादुकोणले रणबीरको खिल्ली उडाएपछि... — OSNepal

सोनम कपुर र दीपिका पादुकोणले रणबीरको खिल्ली उडाएपछि…

LC (KTM) July 19, 2022 0

काठमाडौंL

बलिउड अभिनेता रणबीर कपुरले कसैले आफ्ना बारे बकवास गरिरहेको छ, केही नराम्रो भनिरहेको छ भने, त्यसले मलाई केही फरक नपर्ने बताएका छन् ।

बलिउड बबलसँग लामो कुराकानी गर्दै रणबीर कपुरले अहिले आँफुलाई हल्कामा लिँदा समेत आँफुलाई कुनै असर नपर्ने बताउँदै भने यसले मलाई केही फरक पार्दैन ।

म आफ्नो जीवनलाई प्रेम गर्छु । आफ्नो कामलाई प्रेम गर्छु । आफ्नो परिवारलाई माया गर्छु । मेरो जीवनमा जे जति कुराहरु छन्, त्यसका लागि म अत्यन्त आभारी छु ।’ म कलाकार भएको नाताले मानिसहरुले मेराबारे जे पनि भन्न सक्छन् ।

उनीहरुले मेराबारे राम्रो कुरा भन्न सक्छन् । उनीहरुले खराब कुरा पनि भन्न सक्छन् तर उनीहरुलाई मेरो फिल्म मनपर्छ कि पर्दैन भन्ने कुराले चाहिँ मलाई फरक पर्छ उनले उक्त कुराकानीका क्रममा बताएका छन् ।

कुराकानीका क्रममा उनले अगाडी भने यदि कुनै नकारात्मक कुरा मसम्म आइपुगिहाल्यो भने पनि म त्यसलाई निकै हल्का रुपमा लिन्छु ।

हाल पत्नि आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका रणवीरुलाई कफी विद करणमा सोनम कपुर र दीपिका पादुकोणले रणबीरको छविमा ठट्टा गरेका थिए । त्यसपछि रणवीरले उनीहरुलाई प्रतिक्रिया शान्त शैलीमा प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर