एक वर्षदेखि दुबईमा अलपत्र डिलबहादुरको उद्धार — OSNepal

एक वर्षदेखि दुबईमा अलपत्र डिलबहादुरको उद्धार

LC (KTM) July 21, 2022 0

कावासोती, ५ साउन-वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र पर्नुभएका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र हुनुहुन्थ्यो ।

कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उहाँ दुबईमा अलपत्र पर्नुभएको हो । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उहाँलाई घर फर्काउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम सङ्कलन भएको बताउनुभयो । दुबईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर