रुपन्देहीमा चार वर्षीया बालिकालाई ४९ वर्षीय खेम प्रसादले के गरे यस्तो — OSNepal

रुपन्देहीमा चार वर्षीया बालिकालाई ४९ वर्षीय खेम प्रसादले के गरे यस्तो

LC (KTM) July 21, 2022 0

रूपन्देही, ५ साउन :

रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

पहिरोका कारण दुई सडक अवरुद्ध;काठमाडौंको तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङको बेशीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे– बेसिशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर