पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षीय खेम समातिए, ललाई फकाई आफ्नै घरमा लगेका रहेछन् बालिकालाई — OSNepal

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षीय खेम समातिए, ललाई फकाई आफ्नै घरमा लगेका रहेछन् बालिकालाई

LC (KTM) July 21, 2022 0

रूपन्देही, ५ साउन :

रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु : बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो ।

पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङजाको गल्याङ नगरपालिका–६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार मृत्यु भएको छ ।

सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र डुबेर अशक्त भएकी थिइन् । उनीहरुलाई तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर