सुकुम्बासीहरुको पक्षमा मियो झैँ उभियो नेकपा कास्की, दियो यस्तो कडा चेतावनी — OSNepal

सुकुम्बासीहरुको पक्षमा मियो झैँ उभियो नेकपा कास्की, दियो यस्तो कडा चेतावनी

LC (KTM) July 21, 2022 0

पोखरा- सुकुम्वासिहरुको पक्षमा नेपाल कम्युनिस्ट पार्टी कास्कि मियो झैँ उभिएको छ। कास्किको पोखरा महानगरपालिकाले महानगरको वडा नम्बर ३३दुइ पिप्लेमा रहेका २३ घर परिवारहरुको टहरा भत्काइ सम्वेदनाहिन र अमानवीय काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्की सुकुम्वासिहरुको पक्षमा उभिएको हो ।

सोमबार नेकपा कास्कीका सेक्रेटरी काजि गुरुङले एक बिज्ञप्ति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध गरेका हुन ।सेक्रेटरी काजिद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘ पोखरा महानगरपालिकाको ३३ पिप्लेमा अवस्थित २३ घर रहेको सुकुम्बासी वस्तिमा वल प्रयोग गरि महिला तथा वालबालिकाहरुलाई दुर्ववहार गर्दै नागरिक प्रतिको सामान्य दायित्व र सम्वेदनालाई समेत भुली सुकुम्बासीहरुको टहरा भत्काएको घटना प्रती हामी घोर भत्सर्ना गर्दछौ।

भु-माफियाहरुले हजारौं रोपनी जमिन हडप्दा नदेख्ने, सार्वजनिक जग्गा निजि कम्पनीलाई भाडामा दिएकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ।

सम्मानपुर्वक वाच्न पाउने र आवासको अधिकार सुनिस्चित गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिक प्रतिको अक्षम्य अपराध हो। सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाइ सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ। भिडियो सहीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर