कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता — OSNepal

कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता

LC (KTM) July 21, 2022 0

मान्म, ५ साउन -कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो । थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उहाँको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर