आज पहाडी भू–भागमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना — OSNepal

आज पहाडी भू–भागमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना

LC (KTM) July 22, 2022 0

काठमाडौं, ६ साउन :

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान विभागले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका एक वा दुई स्थानहरूमा मेघगर्जन ÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

‘देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर