धेरै पैसा कमाएर परिवारलाई सुख दिने सपना बोकर पोर्चुगल गएका प्रदीप पोर्चुगलमै अस्ताए — OSNepal

धेरै पैसा कमाएर परिवारलाई सुख दिने सपना बोकर पोर्चुगल गएका प्रदीप पोर्चुगलमै अस्ताए

LC (KTM) June 20, 2021 0

काठमाडौं- पोर्चुगल पुगेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका प्रदीप तामाङ रहेका छन् ।वैदेशिक रोजगारीका लागि  पोर्चुगल पुगेका उनको बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ, (एनआरएनए ) पोर्चुगलले जनाएको छ ।

स्बोनस्थित आईपीयो अस्पतालमा उपचारका क्रममा उनको मृ त्यु भएको बताइएको छ । मृतक तामाङको अन्तिम दाहासंस्कार आज आईतवार विहान १० वजे सिमितेरियो म्युनिसिपाल दि कामारातेमा गरिने बताइएको छ ।

यो पनि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरीलाई माइतीको सम्मान : महोत्तरी(महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनुभएको छ । महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताउनुभएको हो । मटिहानी मन्त्री चौधरीको जन्मस्थल ९माइती० हो । जनता समाजवादी पार्टीकी नेत्री मन्त्री चौधरीले छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग अपिल गर्नुभयो ।

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा(सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर