फरवार्ड ह्यारी केन चम्किँदा टोटनहमले निकल्यो रेन्जर्सविरुद्ध शानदार जित — OSNepal

फरवार्ड ह्यारी केन चम्किँदा टोटनहमले निकल्यो रेन्जर्सविरुद्ध शानदार जित

LC (KTM) July 24, 2022 0

काठमाडौं, ८ साउनL

फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटनहम प्रि–सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २(१ अन्तरले पराजित गरेको छ ।

एन्टोनियो मिर्को कोलाकको गोलसंगै रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । तर, १(० ले पछि परेको स्थितिमा इंग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी केनले लगातार दुई गोल गर्दै टोलीको हार टारे ।

यसै समरमा अनुबन्ध भएका वाइवेस बिसोउमा, रिचार्लिसन, इभान पेरिसिक, क्लेमेन्ट लिन्लेट लगायत खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर