ब्राजिलका डानी अल्भेस मेक्सिकन क्लबमा आवद्ध — OSNepal

ब्राजिलका डानी अल्भेस मेक्सिकन क्लबमा आवद्ध

LC (KTM) July 24, 2022 0

काठमाडौं, ८ साउन:
दोस्रो पटक बार्सिलोना छाडेका डिफेन्डर डानी अल्भेसले मेक्सिकन क्लब पुमास उनामसँग फ्री ट्रान्फरमा सम्झौता गरेका छन् ।

३९ वर्षीय ब्राजेलीयन डिफेन्डर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनासंग पुनः जोडिएका थिए । पाँच वर्षपछी उनी सिरी ए क्लब युभेन्ट्सबाट स्पेन आइपुगेका हुन् ।

बार्सिलोनाबाट ४०८ खेल खेलेका अल्भेसले अन्तिम महिना क्लबसंग नयाँ सम्झौता नहुने पक्का भएको बताएका थिए ।

अल्भेसले सम्झौता गरेको पुमासले सन् २०११ देखि लिग उपाधी जित्न सकेको छैन । अन्तिम सिजनमात्रै क्लब ११औं स्थानमा थियो ।

आठ वर्ष बार्सिलोना रहदा अल्भेसले छ ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधी उचालेका छन् ।

उनले ब्राजिलको लागि भने १२५ क्याप जितेका छन् । यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपमा ब्राजिल २३ टोलीभित्र रहन अल्भेस चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर