प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित हुनुले शंका पैदा भयो — OSNepal

प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित हुनुले शंका पैदा भयो

LC (KTM) July 24, 2022 0

सुर्खेत ८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिनु सरकारको नालायकीपन भएको बताएका छन् ।

आइबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएकाहुन् । ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर आए लगत्तै नागरिकता विधेयक पारित गरिएको भन्दै महासचिव पोखरेलले शंका पैदा भएको बताए ।

‘पहिले माओवादी कै कारण रोकिएको विधेयक अहिले प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित हुनुले शंका पैदा भयो’ उनले भने ।

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको बताएका उनले नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित नभएको बताए ।

एमालेले नागरिकता विधेयकको विरोध गर्दै साउन १६ गते प्रदर्शन गर्ने तयारी समेत गरेको उनले जानकारी गराएका छन् । गठबन्धन र प्रधानमन्त्रीका लागि सत्तारुढ दलका नेताहरु विदेश धाउनु लज्जाको विषय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर