नागरिकताजस्तो संवेदनशील विधेयक पारित गरिनु आपत्तीजनक हो, अब राष्ट्रिय सभाले फिर्ता गरोस : पूर्वमुख्यसचिव पोखरेल — OSNepal

नागरिकताजस्तो संवेदनशील विधेयक पारित गरिनु आपत्तीजनक हो, अब राष्ट्रिय सभाले फिर्ता गरोस : पूर्वमुख्यसचिव पोखरेल

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । पूर्वमुख्यसचिव लिलामणी पोखरेलले ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकताजस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु आपत्तिजनक भएको बताएका छन् ।

नागरिकताजस्तो संवेदनशील विधेयकलाई ‘हुन्छ’ हुँदैन भन्दै पारित गर्नु आपत्तिजनक रहेको बताएका उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

माओवादीसँग निकट रहेका पूर्वमुख्य सचिवले नागरिकताजस्तो संवेदनशील विधेयकलाई ‘हुन्छ’ हुँदैन भन्दै पारित गर्नु आपत्तिजनक रहेको बताएका छन् ।

दलहरुको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरुले नागरिकताजस्तो राष्ट्रको सर्वोपरी चासोको विषयमा आफ्नो धारणा सार्वजनिक नगरेको प्रति गुनासो पोखेका उनले अघि भनेका छन् , ‘यस विषयमा उनीहरुले सडकमा आवाज उठाउँदैनन् भने उनीहरु सदनमा जानुको औचित्य पुष्टि हुँदैन । विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर