८० वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मनिषा कोइरालाको सम्राट दाहालसँग विबाह हुनु अघि यि बलिउड अभिनेतासँग जोडिएको थियो नाम — OSNepal

८० वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मनिषा कोइरालाको सम्राट दाहालसँग विबाह हुनु अघि यि बलिउड अभिनेतासँग जोडिएको थियो नाम

LC (KTM) May 12, 2021 0

काठमाडौ । बैशालु उमेरमा मनिषा कोइरालाको जीवनशैली लोभलाग्दो थियो । सलमान खानदेखि आमिर खानसम्म, शाहरुखदेखि अनिल कपुरसम्मका एक से एक सुपरस्टारसँग स्क्रिन शेयर गरेकी उनी पछिल्लो समय संजय दत्तको बहुचर्चित बायोपिकमा ‘सन्जु’मा उनी आमा बनेर झुल्किइन् । आखिर जे भएपनि बिवाह, सम्बन्ध बिच्छेद, क्यान्सर रोग जस्ता अप्रत्यासित परिघटनाबाट गुज्रदै आएकी मनिषाको फिल्मी जीवन सफल रहयो । मनिषा त्यस्ती नेपाली चेली हुन्, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाइन् ।

सौदागर, मन, १९४२ अ लभ स्टोरी , दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।मनिषाको बलिउड करियर सन् १९९१ बट सुभाष घई निर्देशित फिल्म सौदागरबाट भएको हो । उनी त्यसबेलाका लिजेन्ड कलाकार राजकुमार–दिलीपकुमारसँग एकसाथ ठूलो पर्दामा देखिएकी थिइन् । यही फिल्म उनको सबैभन्दा ठूलो ब्लकबस्टर हिट फिल्म साबित भयो । करियरको पूर्वाद्ध सानदार रह्यो । उनी रातारात हिट भइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर