सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष — OSNepal

सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रम मार्फत पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेका हुन् । उक्त कार्ययोजनामा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेका छन् ।

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि विश्वभर फैलिएको कोरोना सकं्रमणका कारण प्रभावित भएको थियो ।

जस अनुसार विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर