साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण — OSNepal

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

LC (KTM) July 24, 2022 0

काठमाडौँ ८ साउन । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे ।

विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मनुभएका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो । सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निवन्ध सङ्ग्रह) लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यमा गुन लगाएका साहित्यकार मिश्र बैजयन्ती बताउछन् ।

विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लागेका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक थिए । पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकामा लेख रचना छपाएका थिए । प्रा डा न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पु¥याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उनको स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राखे ।

सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि रु १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर