विष्णु वराल मृत्यु प्रकरण रहस्यमय बन्दै — OSNepal

विष्णु वराल मृत्यु प्रकरण रहस्यमय बन्दै

LC (KTM) June 20, 2021 0

केही दिन देखि पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो । विवाहको २७ दिनमा उनको रहस्यम निधन भएपछि सो घटना विवादित बनेको छ । माइतीले विवाहमा दाइजो कम भएको गुनासो विष्णुको श्रीमान र उनका परिवारले गरेको बताएकी छन् । माइती पक्षले दिएको सुन कम भएको भन्दै गुनासो गरेको विष्णुको आमाले भिडियोमा सार्वजनिक गरेकी छन् ।

विष्णु वराललाई फुपुको छोरीले नै विवाह गराएकी थिइन् । दाइजोको लोभ गर्ने ब्यक्तिका कारण आफ्नो बहिनीको घटना भएको भन्दै फेरी अर्को प्रश्न उठाएका छन् । त्यस्तो लोभ गर्ने ब्यक्तिहरुले आफुहरुलाई दिएको सुन पनि नक्कली होला भनेर आशंका गरेका छन् । विवाहको संस्कारको बेलामा केटा पक्षले दिएको सुन पनि नक्कली हुनसक्ने भन्दै माइती पक्ष विष्णुको श्रीमानको तर्फवाट दिएको सुन नक्कली भएको हुनसक्ने आशंका गर्दै जाँच गर्न गएका छन् ।

सुन पसलमा गएर उनीहरुले विवाहमा विष्णुको श्रीमानको परिवारले दिएको सुन नक्कली भएको हुनसक्ने अनुमान गरेर जाँच गर्न पुगेका हुन् । विवाह गर्नुभन्दा अघि नै उनीहरुबीच लामो चिनजान भएर विवाह गरिएको थियो । दुवै पक्षले मन पराएर विवाह गरेको भएपनि २७ दिनमै विष्णु श्रीमानको घरमै मृ त फेला परेकी थिइन् । विष्णुको माइती पक्षले घटना रहस्यम भन्दै छानविनको माग गरेका छन् । यो घटना अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर