चुनावमा वामपन्थीबीच तालमेल गरौं, यसरी एकले अर्कालाई सिध्याउन लाग्यौं भने वामपन्थी आन्दोलन विसर्जनको दिशामा जान्छ — OSNepal

चुनावमा वामपन्थीबीच तालमेल गरौं, यसरी एकले अर्कालाई सिध्याउन लाग्यौं भने वामपन्थी आन्दोलन विसर्जनको दिशामा जान्छ

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिबीच एकताका लागि आह्रान गरेका छन् ।

नेता श्रेष्ठले आयोजित एक अन्तरक्रियामा कार्यक्रममा देशका वामपन्थी पार्टीहरूले एकले अर्कालाई सिध्याउन र तमासा हेर्न तल्लिन रहेको भन्दै यस्तो बताएका हुन् ।

यसै गर्दै जाने हो भने कम्युनिष्ट तथा वामपन्थी आन्दोलन विसर्जनको दिशामा जाने चेतावनी समेत दिएका छन् ।

‘देशको राष्ट्रवादी शक्ति भनेको वामपन्थी नै हुन् । अहिलेको परिस्थितिलाई गम्भीर अध्ययन र समीक्षा गरेर वामपन्थी शक्ति एकजुट हुनुपर्छ ।’ उनले भने ।

वैचारिक रूपमा निकट भएकाहरूले सकेसम्म एकता गर्ने र त्यो नभए समाजवादी मोर्चा बनाएर जान सकिने धारणा व्यक्त गरेका उनले अघि भने, ‘त्यो पनि नभए अर्को चुनावमा वामपन्थीबीच तालमेल गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर