कमल थापाको पक्षमा सर्वोच्चको अन्तिरिम आदेश, अब राप्रपाले चुनाव चिन्ह गाई पाउने — OSNepal

कमल थापाको पक्षमा सर्वोच्चको अन्तिरिम आदेश, अब राप्रपाले चुनाव चिन्ह गाई पाउने

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष थापाले पार्टीको चुनाव चिन्ह गाई हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्वाचन आयोग देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको हुँदा गाई चुनाव चिन्ह दिन अस्वीकार गरेपछि थापा सर्वोच्च पुगेका थिए ।

आज आइतबार न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले थापाको पक्षमा आदेश जारी गरेको हो ।

इजलासले राप्रपा नेपालको चुनाव चिन्ह गाई प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी हो । आफ्नो रिटमा अध्यक्ष थापाले आफै बहस समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर