वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला — OSNepal

वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला

LC (KTM) July 25, 2022 0

काठमाडौं, ९ साउन:

रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ ।
आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९।४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।

भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो ।
वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए ।

भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर